
एन डी फिल्टर – परिचय
फोटोग्राफी तपाई को शोख हो भने तपाइले महँगो शोख रोज्नु भएको छ। डिजिटल प्रबिधि ले रिल किन्ने र धुलाउने पैसा जोगिए पनि अरु धेरै कुरा मा गोजी रित्ति रहेको हुन्छ। फोटोग्राफी तपाई को पेशा हो र यो बाट पैसा आउछ भने त ठिकै हो नत्र भर्खरको सिकारु वा शोखिन फोटोग्राफर ले कुन सामान किन्ने निकै ध्यान दिन पर्छ। ताकी त्यो खर्च होइन लगानी होस्। पछि सम्म त्यो लगानी को ब्याज खान पाइरहियोस। एकपल्ट को लगानी पुस्तौ पुस्ता को कुनी के भन्ने एउटा बिज्ञापन थियो नि… त्यस्तै.
यदि तपाई आफ्नो फोटोग्राफीलाई अझ माथि लान चाहनुहुन्छ, आफ्नो फोटोग्राफी कलामा निखार ल्याउन खोज्दै हुनु हुन्छ भने फिल्टरको प्रयोग आवश्यक हुन्छ। हुन त आजकल फोटोशप बाट धेरै कुरा गर्न सकिन्छ, तर त्यसलाई फोटोग्राफरहरुले फोटोग्राफी मान्दैनन। जे पायो त्यहि खिचेर पछि फोटोशपमा मिलाउनु भन्दा क्यामेरामा नै सके सम्म राम्रो फोटो खिच्नु नै सहि फोटोग्राफी हो। क्यामेरामा प्रयोग गरिने फिल्टरहरु धेरै प्रकारका हुन्छन।
जस्तै
१. UV Filter – यो फिल्टर को प्रयोग परा बैजनी किरण हटाउन गरिन्छ।
UV Filter off on Left and ON RIGHT
२. Polarising Filter / Circular Polarising filter – यो फिल्टरको प्रयोग आकाशलाइ गाढा बनाउन, प्रतिबिम्ब हटाउन, टल्केको प्रकाशको किरण कम वा हटाउन गरिन्छ।
३. ND Filter – (Neutral Density Filter) – यो फिल्टर ले क्यामेरा को लेन्स बाट सेन्सरमा छिर्ने प्रकाश कम गर्ने काम गर्छ। प्रकाश कम छिरे पछि shutter धेरै बेर खोलेर राख्न मिल्छ। जसले गर्दा फोटोमा विभिन्न effect बनाउन मिल्छ। जस्तै तल को पानिको फोटो मा पनि जमेको जस्तो देखिन्छ। यो जमेको जस्तो बनाउन मैले ND Filter प्रयोग गरेर shutter लाई ३० सेकेन्ड सम्म खोलेर राखे। यो दिउसो खिचिएको फोटो हो। यदि मैले ND Filter प्रयोग नगरिकनै ३० सेकेन्ड सम्म shutter खोलेको भए यो फोटोमा एकदमै धेरै light भएर सबै सेतो मात्रै हुन्थ्यो। अर्थात ND Filter ले क्यामेरा मा प्रकाश कम छिराएको कारणले मैले धेरै बेर shutter खोले पनि यो फोटो over exposed भएन।
प्रकाशलाई क्यामेरा मा F Stop मा नापिन्छ। f/2 ले f/2.8 भन्दा दोब्बर प्रकाश छिराउछ अर्थात् f/2.8 ले f/2 भन्दा आधा प्रकाश छिराउछ। (F stop को बारेमा अझ जान्न चाहनु हुन्छ भने देब्रे पट्टिको TheDeepeshShow किल्क गर्नुस र video हेर्नुस)
यो ND Filter पनि विभिन्न F Stop मा आउने गर्छ। तर आजकल variable ND फिल्टर पाइन्छ,जसमा एउटा फिल्टर बाटनै धेरै थोरै वा आफुले चाहे जति प्रकाश छिराउन सकिन्छ। यसको बारेमा तल चर्चा गरौला।
माथिको देख्नु भएको ND filter बिभिन्न f stop को लागि छुट्टा छुट्टै फ़िल्टर प्रयोग गर्नु पर्ने हुन्छ। यसको फ्रेम छुट्टै हुने भएकोले क्यामेरा ब्याग मा अटाउन निकै मुस्किल पर्छ। तर यसको फाइदा भने एउटै filter सबै साइज को लेंस को लागि मिल्छ। अब variable ND filter .
Variable ND Filter को सबै भन्दा ठूलो फाइदा भनेको एउटै filter बाट बिभिन्न f stop मा प्रकाशलाई सेंसर मा छिराउनु। तपाईले फोटो खिच्दा कति उज्यालो छ, त्यसको आधारमा तपाईले यो filter मा f stop रोजन सक्नु हुन्छ र चाहे जति प्रकाश सेंसर सम्म पुर्याउन सक्नु हुन्छ । यो फिल्टरमा भएको डायल घुमाएर कति प्रकाशलाई क्यामेरा को सेन्सर सम्म पुर्याउने हो त्यो गर्न सकिञ्छ। तर तपाई संग एउटा भन्दा धेरै साइज को लेंस छ भने चाही हरेक साइजको लेन्स को लागि छुट्टा छुट्टै फ़िल्टर आवस्यक हुन्छ।
किन्दा ध्यान दिन पर्ने कुरा हरु
१. लेंस को साइज – तपाई को लेंस को diameter (मिलीमीटर) कति हो त्यो संग मिल्ने फ़िल्टर किन्न पर्छ।
२. सस्तो फ़िल्टर – तपाई संग महँगो लेन्स छ तर फ़िल्टर चाही सस्तो किन्नु भयो भने तपाई को महँगो लेन्स को केहिं मतलब हुदैन। लेंस अगाडि फ़िल्टर हुने भएकोले लेन्स को sharpness, colour, etc सबै चौपट। सस्तो बेसार ले पखाला चल्छ भन्ने उखान त्यसै चलेको होइन।
३. यो फ़िल्टर बिशेष गरी landscape (डाडा कांडा, हिमाल, खोला नाला, आदि ) फोटोग्राफी मा बढ़ी प्रयोग हुन्छ, मान्छे को potrait मा फ्ल्याश राखेर पनि प्रयोग गर्न सकिन्छ तर मान्छेको नै फोटो खिच्नलाइ यो फ़िल्टरमा भन्दा अरु नै सामानमा लगानी गर्दा बेस हुन्छ।
४. यदि तपाई DSLR बाट video खिच्नु हुन्छ भने चाही यो नभई हुदैन। धेरैलाइ थाहा नहोला तर video को लागि FPS र shutter को सम्बन्ध १८० डिग्री मा राख्न ND filter को प्रयोग बिना अरु उपाय छैन। त्यसैले आजकल नया नया video क्यामेरा मा ND फ़िल्टर in built नै हुन्छ। जस्तो canon को C seris को सिनेमा क्यामरा हरु
५, Hoya, Genus, Lightcraft, Tiffen , Singh-Ray, Heliopan, Polariod आदि लाइ राम्रो ब्रान्ड को रुप मा लीईन्छ।
दाम चाही कति पर्ने रहेछ भनेर सोच्दै हुनुहुन्छ भने भनि हालौ। सस्तो खासा मार्का को ३-४ हजार रुपैया मा आउछ भने अलि राम्रो ३०-४० हजार पर्छ। माथिकै कुरा गर्ने हो भने त्यो Heliopan भन्ने को ७०-८० हजार पर्छ। नेपाली रुपैया को कुरा गरेको, दिनै पिच्छे हुने डलर को घटबड ले दाम ठ्याकै नमिल्ला तर लगभग त्यति नै हो। म संग चाही एउटा hoya र अर्को Genus छ।
र अब अन्त मा landscape फोटोग्राफी वा timelapse मा नै लाग्ने सोच्नु भएको भए तपाई को क्यामरा ब्याग मा यो फिल्टर हुन आवस्यक छ।
यो नया website कस्तो लग्यो? तल अवस्य लेख्नु होला, यो फिल्टर प्रयोग गरि फोटो खिच्नु भयो भने फेसबुक को भित्ता मा टास्नु होला। यो लेख बाट अरुले पनि ज्ञान बडावोस् जस्तो लागे कृपया बाड्न लोभ नगर्नुस।
keep shooting !!!