© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Majhi Dai by Dhilung Kirat


जब पनि म उत्कृस्ट फोटो देख्छु, मन मा लाग्ने गर्छ ‘किन मैले यस्तो फोटो खिच्न सकिन ? कसरि खिच्यो होला? कसरि यस्तो फोटो खिच्न सकिएला?’ मलाई जस्तो तपाइलाई पनि त यस्तै होला नि? त्यसैले अब देखि हरेक हफ्ता एउटा उत्कृस्ट फोटो प्रस्तुत गर्ने छु , र साथमा त्यो फोटो को कथा
आज मैले धिलुंग किराँत को फोटो लिएको छु। नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरका धिलुंग हाल अमेरिका को क्यालिफोर्निया मा अध्यन गर्दै हुनु हुन्छ।

 

 

Majhi Dai by Dhilung

ƒ/2.6 – Focal Length 5.8 mm – Shutter 1/1000 – ISO 200 – Flash Off

ƒ/2.6 Focal Length 5.8 mm
Shutter 1/1000 ISO 200
Flash Off

यो फोटो राम्रो संग हेर्नुस अनि विचार गर्नुस यो फोटो मा त्यस्तो के छ ? जसले यो फोटो राम्रो बनाएको छ?
यसमा रहेको सुर्य र त्यो माझी दाई को अनुहार दुवै फ्रेम को बिच मा छैन? माझी दाई अलि अलि out of focus छन्। दाहिने पट्टि रहेको ढुंगाले फ्रेमलाई सन्तुलन (balance) गरेको छ. तर सबै भन्दा मुख्य कुरा यो फोटो आँखा को लेभल बाट नभई तल बाट खिचिएको छ। त्यसै ले यो फोटो अरु भन्दा पृथक छ।
अर्को कुरा यो फोटो अझ भन्दा झन्डै ६ बर्ष अगाडी खिचिएको हो, ISO 200 मा पनि कति धेरै डिजिटल noise (फोटो को तल माझी दाई को छाया तलतिर) छ. आजकल को क्यामरा मा ISO 3200 सम्म गए पनि यो भन्दा कम noise हुन्छ।

सन् २००८ मा खिचिएको यो फोटो Canon PowerShot A570 IS भन्ने point and  shoot  क्यामेरा ले खिचिएको हो।  पोखरा को फेवाताल को यो माझी दाई  को फोटो हेर्दा तपाई लाई पनि मलाई जस्तै लाग्छ होला, राम्रो फोटो खिच्न महँगो क्यामेरा नै नचाहिने रहेछ।  संधै एउटा कुरा याद राख्नु होला कलम राम्रो हुँदैमा अक्षर राम्रो हुन्छ भन्ने ग्यारेन्टी हुन्दैन।

धिलुंगको थप फोटो हेर्न तल किल्क गर्नुस

https://www.flickr.com/photos/dhilung

तपाई ले खिच्नु भएको फोटो अनि त्यसको कथा यो साइट मार्फत बाढ्न चाहनु हुन्छ भने मलाई फेसबुक मा सम्पर्क गर्नु होला।


Comments (1)

Comments are closed.