The Deepesh Show – My Photo/Video Gear (भिडिओ अनि फोटो खिच्दा चलाउने विभिन्न समानहरु)
मैले पहिलो चोटी फिल्म क्यामेरा कहिले समाए त्यो त याद छैन तर डिजिटल क्यामेरा भने १९९६ तिर चलाउन शुरु गरेको हु। धेरै पहिले देखि फोटो खिच्न शुरु गरे पनि औपचारिक शिक्षा भने कहिले लिइन। तर त्यसै फोटो खिचेर नहुने रहेछ, सिक्नै पर्ने रहेछ भनेर आफै सिक्न थाले, तर कुनै फोटो खिच्न सिकाउने स्कुलमा भर्ना भईन। यात्रा सजिलो पक्कै थिएन, इन्टरनेट अहिले जस्तो सजिलो थिएन, युट्युब थिएन, भने जस्तो किताब पाइदैन थियो। तर पनि यात्रा निरन्तर अघि बढी रह्यो, बिस्तारै बिस्तारै …..
२०११ तिर भने एकदिन अचानक दिमागमा आयो, जसले फोटोग्राफी आफै सिक्न खोजि रहेको छ उसलाई अझै पनि मैले जस्तो दुख गर्नु किन पर्यो र ? त्यहि भएर यो यात्रा शुरु गरेको यदि कोहि नेपालीले फोटोग्राफी सिक्न चाहयो भने मैले जस्तो दुख गर्नु नपरोस।यदि मैले ‘TheDeepeshShow’ अंग्रेजीमा गरेको भए युट्युबबाटै मलाई राम्रो आम्दानी हुन्थ्यो।तर कहिले फेसबुक अनि युट्युबमा आउने संदेश ‘तपाईको भिडिओले मलाई सहयोग गर्यो, धन्यबाद’ ले दिने जस्तो सन्तुस्टी चाही दिदैन थियो।
जे होस् अब फेरि नया जोश जाँगरको साथमा नँया सिरिज शुरु गरेको छु, तपाईको साथको पहिला जस्तै आश छ।