© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

सफर यो त बित्ने छ, ठाउँ साथी छुट्ने छ


नेपाल छोडेर विदेशमा जीवन बिताउदा भोगिने थुप्रै समस्याहरु मध्य एउटा ठुलो समस्या हो आफ्नो छोरा छोरिलाई नेपाली सिकाउनु। जब पनि म यता तिर नेपाली बोल्ने केटा केटि भेट्छु सारै खुसि लाग्छ।केहि हफ्ता पहिला गोर्खाज हार्लि ग्रुप च्याटमा मित्र बिभोदले एउटा गित सेयर गर्यो।  सुने ठिकै लाग्यो।  कता कता के के नमिलेको जस्तो। उनको छोरिले गाएकी रहेछ। छोरिको इच्छा पुरा गरि दिएको देखेर खुसि पनि लाग्यो। तर पनि कता कता के के नमिलेको जस्तो। गीत लेखेकी रहेछ प्रगतिले, सारै मिठो लेखेकी छिन। हामी परदेशीहरुको भावना सारै मज्जाले समेटेकि छिन। 

“सफर यो त बित्ने छ
ठाउँ साथी छुट्ने छ
गाउ अर्को जानु छ
समेट्न केहि सक्ने हैन
खाली याद लानु छ
तर जिन्दगिको सफरमा
जहाँ पनि पुगौला
यहिँ घाम अनि जुन हेर्दै
याद खोलि डुबौला”

सुन्दै गए, मिठास बढ्दै गयो। अनि जब थाहा पाए कि यो गीतको लागि आइषाले महिनौ मेहेनत गरेकी रहेछ। उनलाई पटक्कै नेपाली बोल्न आउदैन, उनको आमा त इन्डोनेसियाको।  आफ्नो बुबालाई सरप्राइज दिन उनले महिनौ गीत सिकेर यो गीत गाएको रहेछ।  एउटा १५ बर्षको बालिकाले आफ्नो नेपाली बुवाको लागि गाएको भन्ने थाहा पाए पछि त औधी मन पर्यो।  अनि लौ यसको त भिडिओ पनि बनाउन पर्छ भनेर एक्लै आँटेर भिडिओ बनाए। यो भिडियो बनाउन मलाई मेरो श्रीमतीले धेरै सहयोग गरेकी छिन। 
गीत सुनेर आइषालाई हौसलाका केहि शब्द लेख्नु अघि एउटा कुरा भनौ है 'यो आइषाको पहिलो गित हो, उनि कुनै व्यबसायिक गायिका होइनन, यो त उनको सानो प्रयास नेपाल प्रति उनको माया झल्काउन।


Read about the song here: https://www.setopati.com/art/art-acti…
Read about the video here: https://pahilopost.com/content/202002…

[embedyt] https://www.youtube.com/watch?v=kIcuoegC3ZM[/embedyt]